Thursday, August 15, 2013



Friday, August 9, 2013

lk;


Thursday, August 8, 2013

* बर्डफ्लु हालसम्म नेपालका कतिवटा जिल्लामा देखा परिसकेको छ ?
- १८ जिल्लामा

* नेपालमा पहिलोपटक बर्डफ्लु कुन जिल्लामा कहिले देखा परेको थियो ?
- झापा, २०६५ सालमा

* प्रयोगात्मक विज्ञानका पिता भनेर कसलाई भनिन्छ ?
- आर्किमिडिज

* नेपाल विधिवतरुपमा गणतन्त्रात्मक राज्य कहिले भयो ?
- वि.स. २०६५ जेठ १५ गते

* नेपालको कुन नदिमा दुर्लभ प्राणी डल्फिन पाइएको छ ?
- कर्णाली

* लिखु नदीलाई अर्को के नामले चिनिन्छ ?
- वरुवा

* तमाखुमा विष मिलाइ षड्यन्त्रपूर्वक मारिने राजा को हुन् ?
- योगनरेन्द्र मल्ल

* गलकोट, धुरकोट, भीरकोट र बीमकोट मध्ये कुन चौबिसे राज्य होइन ?
- बीमकोट

* ऋग्वेदमा सबैभन्दा बढी बर्णन गरिएको नदी कुन हो ?
- सरस्वती

* बालीनालीमा लाग्ने रोग किरा मार्न प्रयोग हुने बिषादीलाइ के भनिन्छ ?
- पेस्टिसाइड्स

कृपया जानकारीको लागी Like & Share गरिदिनुहोला

Tuesday, August 6, 2013

काठमाडौं, साउन २२ - भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहले नेपाल पुन हिन्दु राष्ट्र होस भन्ने आफ्नो चाहना भएको बताउनु भएको छ ।

भारत भ्रमणमा रहेका नेपाली काग्रेसका सभापति सुशील कोइरालासँगको भेटमा उहाँले भारतीय जनता पार्टीले नेपालमा निर्वाचन भएर स्थायित्वसहित लोकतन्त्र संस्थागत भएको र हिन्दु राष्ट्र कायम भएको हेर्न चाहेको बताउनुभयो ।

नयाँ दिल्लीबाट पत्रकार ऋषि धमलाले दिएको जानकारी अनुसार सिंहले नेपाल हिन्दु राष्ट्र होस भन्ने आफूहरुको चाहना भए पनि त्यसको लागि नेपालमा कुनै पनि किसिमको हस्तक्षेप गर्ने पक्षमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी नेपालमा राजनीतिक स्थायित्व, विकास र अखण्डता चाहन्छौ ।’

मंसिर ४ मा कुनै पनि हालतमा निर्वाचन हुनु पर्नेमा जोड दिदै सिंहले निर्वाचन विना नेपालको राजनीतिक गतिरोधले निकास नपाउने र नेपालमा स्थायित्व नहुने बताउनुभयो ।

जवाफमा कोइरालाले नेपालका राजनीतिक दलहरुवीच निर्वाचनलाई लिएर सकारात्मक छलफल भईरहेकोले सबै दलहरु निर्वाचनमा जाने विश्वास ब्यक्त गर्नै निर्वाचन भएरै छाड्ने बताउनुभयो । त्यसका लागि भारतीय जनता र दलहरुको सदभाव आवश्यक रहेको कोइरालाको तर्क छ ।

महिलाहरू आफूलाई राम्रो बनाउन खोज्दैनन राम्रो पोइ पाऊँ भनेर चाँहि भोकै बस्छन । लोग्नेमान्छे कहिल्यै राम्री पाऊँ भनेर ब्रत बस्या देख्नु भाछ ? आफूलाई योग्य बनाए राम्राहरुको ताँती लागिहाल्छ नि ।